खेलकूद

पेरिस सेन्ट जर्मेनका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १८ गते ७:५४
पेरिस सेन्ट जर्मेनका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि

१८ भदौ, २०७७ काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका तीन खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

फ्रेन्च लीग वान च्याम्पियन पीएसजीका नेयमारसहित तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ सिजनको अभ्यास सत्र शुरु अघि खेलाडीको कोरोना परीक्षण गरिएको थियो।

पीएसजीले बुधबार विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा संक्रमण पुष्टि भएको बताए पनि नाम उल्लेख गरेको थिएन। तर क्लब स्रोतलाई उदृत गर्दै फ्रान्सेली सञ्चारमाध्यमले नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एञ्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई संक्रमण भएको दाबी गरेका छन्।

कोरोनाका कारण फ्रेन्च लीग पूरा नहुँदै पीएसजीलाई च्याम्पियन घोषित गरिएको थियो। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजामा विदा मनाउन गएका थिए।

च्याम्पियन्स लीगमा उत्कृष्ट प्रदर्शन गर्दे पहिलो पटक फाइनल पुगेको पीएसजी उपाधि भिडन्तमा भने बायर्न म्युनिखसँग पराजित भएको थियो। फ्रान्सेली लीगको नियम अनुसार अब पिएसजीको लीग खेल पनि स्थगित हुने सम्भावना बढेको छ।

लीगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ। च्याम्पियन्स लीगका कारण उसको लीग खेल १० सेप्टेम्बरका लागि तय भएको थियो। अब क्लबले केहि दिनमै अन्य खेलाडी र टोली सदस्यहरुको कोरोना परीक्षण गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्