कोरोना संक्रमणः एन्टिबडिजबाट प्राप्त हुने इम्युनिटीसम्बन्धी आयो सकारात्मक खबर

१८ भदौ, २०७७, आइसल्याण्ड । कोरोना महामारी बढिरहेकै बेला आइसल्याण्डबाट एउटा राम्रो खबर आएको छ ।
आइसल्याण्डमा ३० हजार नागरिकमा गरिएको अध्ययनको परिणामले एकपटक कोरोना भाइरसबाट संक्रमित भएपछि बन्ने एन्टिबडीजले मानिसमा कम्तीमा चार महिनासम्म इम्युनिटी दिन सक्ने देखाएको छ।
यो पहिलो अध्ययन हो, जसले यति लामो अवधिसम्म इम्युनिटी कायम रहने दाबी गरेको छ । आइसल्याण्डको एउटा बायोटेक कम्पनी डीकोड जेनेटिक्सले यो अध्ययन गरेको हो । यो अध्ययनको नतिजा द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन प्रकाशित छ ।
यसअघि भएको सीमित अध्ययनहरुको नतिजाले एन्टिबडिज केही समयमै समाप्त हुने बताएका थिए । तर आइसल्याण्डमा गरिर्एको अध्ययनका साथ प्रकाशित सम्पादकीयमा भनिएको छ–यो अध्ययनले आशा जगाएको छ कि यो संक्रामक भाइरसबाट पाइने इम्युनिटी तत्काल समाप्त हुँदैन । एजेन्सी
प्रतिक्रिया