निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको माग
१७ भदौ, २०७७, मोरङ । सरकारले निषेधाज्ञालाई निरन्तरता दिएपनि व्यवसायीले स्वरुप परिवर्तन गरी अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन ।
लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले निषेधाज्ञाको स्वरुप फेर्नुपर्ने आवस्यकता रहेको बताएका हुन् ।
सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा रोकथामको व्यवस्थापन राम्रो नगर्दा मानव जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीको आरोप छ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले संक्रमण नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउने काम एक साथ गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोनाका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालीन र दीर्घकालीन विकल्प दिनुपर्ने माग गर्नुभयो ।
नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यवसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताउनुभयो । मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुनै उत्तम बज्राचार्यको भनाई छ ।
सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा र लकडाउन गरेपनि यो बीचमा कोरोना नियन्त्रणका लागि गर्नुपर्ने काम नगरेको आरोप छ ।
प्रतिक्रिया