दक्षिणकालीका बोटमै कुहिँदै नासपाती, किसान चिन्तामा (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । निषेधाज्ञाको असर काठमाडौं उपत्यकाका आसपासका किसानलाई पनि परेको छ । काठमाण्डौको दक्षिणकालीका किसान जीविकाको स्रोत नासपाती नबिकेर बोटमै कुहिन थालेपछि चिन्तामा छन् ।
राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा पर्ने दक्षिणकालीका किसानको बारीमा अहिले लटरम्म नासपाती फलेको छ । पोहोर परार यतिबेला दक्षिण कालीका किसानको बारीमा नासपाती किन्न जाने व्यापारीको चहल पहल हुन्थ्यो ।
यसैबाट उनीहरु घर खर्चको मेसो गर्थे तर यसपटक सुनसान छ । कोरोनाका कारण जारी भएको निषेधाज्ञाले कोही आएका छैनन । यसले अब नासपाती बारीमै कुहिने भयो भन्ने किसानलाई चिन्ता छ ।
पोहोर परार एक जना किसानले ७० हजार देखि १ लाखसम्मको नास्पाती बेच्दै आएका थिए । तर यो वर्ष सिजन सकिँदै लाग्दा पनि बिकेन । जीविका चलाउने आधार नै नासपाती भएका सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने आशमा छन ।
सरकारले केही गरिदेओस भन्ने किसानको अपेक्षा नाजायज छैन, किनकी किसानले सरकारबाट अभिभावकीय भूमिकाको आश गरेका हुन । यसमा सरकारले बेलैमा ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया