भारतमा कुन उमेर समूहमा बढी कोरोना संक्रमण ? मृत्यु हुनेमा कुन उमेर समूह बढी ? यस्तो छ तथ्याङ्क
१७ भदौ, २०७७, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितमध्ये ५४ प्रतिशत १८ देखि ४४ वर्ष उमेर समूहमा पाइएको छ । मृत्यु हुनेमा भने ५१ प्रतिशत संख्या ६० वर्ष वा त्योभन्दा बढी उमेरका रहेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालय कोरोनासम्बन्धी एउटा ग्राफ ट्वीट गर्दै यस विषयमा जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १७ वर्षभन्दा कम उमेरका व्यक्तिमा ८ प्रतिशत कोरोना संक्रमण र १ प्रतिशत मृत्यु देखिएको छ ।
यस्तै १८ देखि २५ वर्ष उमेर समूहका १४ प्रतिशत युवामा कोरोना संक्रमण देखिएको छ भने १ प्रतिशत मृत्युदर देखिएको छ।
२६ देखि ४४ वर्ष उमेर समूहमा २६ प्रतिशत कोरोना संक्रमण देखिएको छ भने मृत्युदर ११ प्रतिशत पाइएको छ ।
यसरी नै ४५ देखि ६० वर्ष उमेर समूहमा ३६ प्रतिशत मृत्युदर र २६ प्रतिशत कोरोना संक्रमणका घटना देखिएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ३ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ४५ जनाको मृत्यु भएको छ ।
यसका साथै भारतमा कुल कोरोना संक्रमितको संख्या ३७ लाख ६९ हजार ५ सय २४ पुगेको छ भने ८ लाख १ हजार २ सय ८२ सक्रिया संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया