विदेश

भारतमा एकै दिन थपिए ७८ हजारभन्दा बढी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:२६
भारतमा एकै दिन थपिए ७८ हजारभन्दा बढी कोरोना संक्रमित

१७ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक छिमेकी मुलुक भारतमा पुनस् सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा त्यहाँ ७८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा भने केही कम हो । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा ३७ लाख भन्दा बढी संक्रमित छन् ।

त्यस्तै अमेरिका र ब्राजिलमा ४१ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिकामा ६२ लाख बढी संक्रमित हुँदा ब्राजिलमा संक्रमित संख्या ३९ लाख नाघेको छ । उता विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख नाघेको छ । मंगलबार विश्वभर २ लाख ५९ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा १ हजार १ सय ६६ जनाले ज्यान गुमाए ।

त्यस्तै अमेरिकामा १ हजार १ सय ६४ तथा भारतमा १ हजार २५ जनाको मृत्यु भएको छ । विश्वभर संक्रमित मध्ये १ करोड ८१ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

आज मेक्सिकोमा ६ हजार भन्दा बढीमा संक्रमण हुँदा ८ सय २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *