खेलकूद

इंग्ल्याण्ड र पाकिस्तानबीच ट्वेन्टी–ट्वेन्टी श्रृङ्खला बराबरी

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:००
इंग्ल्याण्ड र पाकिस्तानबीच ट्वेन्टी–ट्वेन्टी श्रृङ्खला बराबरी

१७ भदौ, २०७७ काठमाडौं । इंग्ल्याण्ड र पाकिस्तानबीचको तीन ट्वेन्टी–ट्वेन्टी खेलको श्रृंखला बराबरीमा सकिएको छ ।

तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ५ रनले विजयी भएपछि तीन खेलको श्रृंखला १(१ को बराबरीमा सकिएको हो । १ सय ९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ८५ रन मात्र बनाउन सक्यो ।

उसका लागि मोइन अलीले सर्वाधिक ६१ रनको इनिंग्स खेले । त्यस्तै टम बान्टनले ४६ रन बनाए । बलिङमा पाकिस्तानका शाहिन अफ्रिदी र बहाव रिजले समान २(२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । पाकिस्तानका मोहम्मद हफिज ८६ रनमा अविजित रहे । यसैगरी हैदर अलिले ५४ रनको योगदान गरे ।

बलिङमा इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्