खेलकूद

एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश

हिमालय टिभी
२०७७ भदौ १७ गते ७:५५
एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश

१७ भदौ, २०७७ लण्डन । बेलायती एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेका छन् ।

मुरेले पहिलो खेलमा योशिहितो निशिओकालाई पराजित गरेका हुन् । ३३ वर्षका मुरे शुरुवाती दुई सेट गुमाएपनि पछि उत्कृष्ट पुनरागमन गरेका थिए । उनले निशिओकामाथि ४–६, ४–६, ७–६, ७–६ र ६–४ को सेटमा जित निकाल्न ४ घण्टा ३९ मिनेट खर्चिए ।

कम्मरको शल्यक्रिया पूर्व मुरेले अन्तिमपटक सन् २ हजार १९ मा अस्ट्रेलियन ओपन टेनिसको एकल स्पर्धामा भाग लिएका थिए । अब मुरेले दोस्रो चरणमा १५ औं बरियताका क्यानडाका फिलिक्स अगेर एलिएसिमीसँग प्रतिस्पर्धा गर्नेछन्।

यस्तै दोस्रो बरियताका डोमिनिक थिएमले स्पेनिस ख्वामी मुनारलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । २६ वर्षीय थिएमले मुनारलाई ७(६ र ६(३ को सेटमा पराजित गरेका हुन् । थिएमले अब १२४ औं बरियताका भारतीय खेलाडी सुमित नागलसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिला एकलतर्फ अमेरिकी सेरेना विलियम्स ले पनि पहिलो चरणमा जित निकालिन् । उनले आफ्नै देशकी क्रिष्टी आनलाई पराजित गरेकी हुन् । विलियम्सले आनलाई ७(५ र ६(३ को सोझो सेटमा हराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्