समाज

भारतबाट आएका नेपाली यसरी ठगिदैँछन् नाकामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १६ गते १८:१२
भारतबाट आएका नेपाली यसरी ठगिदैँछन् नाकामा (भिडियोसहित)

१६ भदौ, २०७७, कैलाली । भारत बाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिने नागरिकको संख्या बढिरहेको छ । यसरी स्वदेश फर्किएकालाई यातायात ब्यवसायीले चार गुणा बढी भाडा असुल्ने गरेको पाइएको छ ।

खर्चको जोहो गर्न भारत गएका सुदूरपश्चिमका नागरिक घर फर्किने क्रम रोकिएको छैन । यसरी फर्कदा नाकासम्म सहजै आएपनि घर पुग्न भने उनीहरुलाई समस्या भइरहेको छ ।

यसअघि २ सय रुपैयाँ लाग्ने ठाउँमा पनि अहिले पाँचगुणा सम्म रकम तिर्नु परिरहेको उनीहरुको गुनासो छ । त्रिनगर सीमानाकाबाट आलोपालोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन यातायात व्यवसायीबीच सहमति भएको छ। एक दिन सुन्दर पश्चिम यातायात व्यवसायी र एक दिन अन्य यातायातका सवारी सञ्चालन हुँदै आएका छन् । तर महंगो भाडाका कारण यात्रु समस्यामा परिरहेका छन् ।

यात्रु लुटिने क्रम तिव्र भए पनि सरोकारवाला निकायले कडा कदम चाल्न सकेका छैनन् । तर प्रशासनका अधिकारी भने नियमित अनुगमन गरेर कारवाही गरिरहेको तथा यातायात व्यवसायीसँग पनि छलफल गरिरहेको बताउँछ ।

सार्वजनिक यातायात सहज रुपमा सञ्चालन नभएकाले आम नागरिकलाई आवतजावतमा समस्या भइरहेको छ । नाकासम्म आइपुग्नेलाई घर सम्म पुर्‍याउन यातायात व्यवसायीलाई जिम्मा दिइएको छ । यसको फाइदा उठाएर व्यवसायीले यात्रुसँग चर्को रकम असुलिरहेका छन् । यस्ता सवारीमा स्वास्थ्य सुरक्षाका उपाए समेत अपनाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *