खेलकूद
ओलम्पियन जीतबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि
२०७७ भदौ १६ गते १६:५७

१६ भदौ, २०७७ काठमाडौं । ओलम्पियन जीतबहादुर केसीलाई कोरोना संक्रमण भएको छ ।
लामो दूरीका पूर्व धावक केसीमा स्वास्थ्य समस्या आएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
७२ बर्षे केसीले नेपालका लागि १९७३ मा फिलिपिन्समा भएको एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा काँस्य पदक जितेका थिए । जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।
उनले सन् १९७२ मा म्युनिखमा भएको ग्रिष्म कालिन ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । घरमै आइसोसेलनमा बसेका उनको अवस्था सामान्य छ ।
प्रतिक्रिया