विदेश

भारतका पूर्व राष्ट्रपति मुखर्जीको राजकीय सम्मानसहित अन्त्येष्टि

हिमालय टिभी
२०७७ भदौ १६ गते १४:३६
भारतका पूर्व राष्ट्रपति मुखर्जीको राजकीय सम्मानसहित अन्त्येष्टि

१६ भदौ, २०७७ नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको राजकीय सम्मानका आज अन्त्येष्टि गरिएको छ ।

दिल्लीस्थित लोधी शमशान घाटमा मुखर्जीको अन्तिम संस्कार गरिएको हो । मुखर्जीको सम्मानमा भारतीय सरकारले सात दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

अन्त्येष्टिका क्रममा मुखर्जीको पार्थिव शरीरमा उपराष्ट्रपति वेंकया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायतले अन्तिम श्रद्धांजली दिएका थिए ।
अन्त्येष्टि कार्यक्रममा उपस्थितले पीपीइ लगाएका थिए ।

कोरोना संक्रमित पूर्व राष्ट्रपति मुखर्जीको दिल्लीस्थित सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा हिजो निधन भएको थियो । भारतको पश्चिम बंगाल राज्यले छुट्टै शोक घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *