कोरोनाविरुद्धको भ्याक्सिनलाई स्वीकृति दिन हतार नगर्न डब्लुएचओको चेतावनी

१६ भदौ, २०७७, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डल्बुएचओ) कोरोना भाइरसविरोधी भ्याक्सिनलाई स्वीकृति दिने प्रक्रियालाई ‘गम्भीरता’ अपनाउन सुझाव दिएको छ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले संचारकर्मीहरुसँग कुरा गर्दै सबै देशले ट्रायल पूरा नगरी औषधिलाई स्वीकृति दिने अधिकार भए पनि यो हल्का ढंगले लिने काम नभएको बताउनुभयो ।
डल्बुएचओका अनुसार अहिले ३३ वटा भ्याक्सिनमाथि क्लिनिकल ट्रायल चलिरहेको छ । १४३ वटा खोप अहिले प्रि क्लिनिकल इभ्यालुएसनको चरणमा छ ।
यसका साथै विश्व स्वास्थ्य संगठनले बिना पर्याप्त तयारी लकडाउन हटाइरहेका देशलाई चेतावनी पनि दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जुन मुलुकमा अहिले पनि धेरै मात्रामा संक्रमित देखिएका छन्, त्यस्ता मुलुक मानिसहरुलाई भेला हुने अनुमति दिनु बार्वादीलाई निम्ता दिनु सरह हुनेछ ।
प्रतिक्रिया