विदेश
लेबनानमा मुस्तफा अदिब नयाँ प्रधानमन्त्री निर्वाचित
२०७७ भदौ १६ गते ७:४४

१६ भदौ, २०७७ लेबनान । लेबनानको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा अदिब चुनिएका छन्।
राजधानी बेरूतमा भएको शक्तिशाली विष्फोटपछि लेबनानका पूर्व प्रधानमन्त्रीहरूले नयाँ प्रधानमन्त्रीका रुपमा अदिबलाई चुनेका हुन्। ४८ वर्षीय अदिब जर्मनीका लागि पूर्व राजदूत हुन् भने उनको पूर्व प्रधानमन्त्री नाजिव मिकातीसँग राम्रो सम्बन्ध रहेको अन्तराष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन्।
गत महिना बेरूतमा विस्फोट हुँदा १९० जनाको मृत्यु भएको थियो भने सयौं मानिस घाइते भएका थिए।
चार पूर्वप्रधानमन्त्रीको समूहले लेबनानको संसदमा सुन्नी मुस्लिम सांसदहरूको प्रतिनिधित्व गर्दछ, जसमा पूर्व प्रधानमन्त्री साद हरीरी पनि समावेश छन्।
प्रधानमन्त्रीको सफलताका लागि उनीहरूको समर्थनलाई आवश्यकताको रूपमा लिइन्छ।
प्रतिक्रिया