आर्थिक

वीरगञ्ज भन्सार कार्यालयद्वारा साउनमा लक्ष्यभन्दा दोब्बर राजश्व असुली

हिमालय टिभी
२०७७ भदौ १५ गते १३:१०
वीरगञ्ज भन्सार कार्यालयद्वारा साउनमा लक्ष्यभन्दा दोब्बर राजश्व असुली

१५ भदौ, २०७७ वीरगञ्ज । खुल्ला सीमा नाकाबाट हुने चोरी तस्करी रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यभन्दा झन्डै दोब्बर बढी राजश्व असुली गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ को साउन महिनामा ९८ करोड ७५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको नेपालगञ्ज भन्सार कार्यालयले १ अर्ब ६७ करोड ८३ लाख ६३ हजार रुपैँया राजस्व असुली गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा २४ सै घन्टा ड्युटी गरेर मानिस तथा अवैध चोरी तस्करी नियन्त्रण गर्दै आएका छन् ।

पछिल्ला दुई महिनाको अवधिमा नेपाल प्रहरीले अवैध चोरी तस्करीमा संलग्न दुई दर्जनभन्दा बढी ब्यक्तिलाई नियन्त्रणमा लिई ८० लाख ८१ हजार बराबरको कपडा, मोटर पार्टसका सामान, मोबाइल, सुर्ती र रासायनिक मल लगायतका सामग्री बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *