समाज
चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु
२०७७ भदौ १५ गते १२:५२

१५ भदौ, २०७७, चितवन । चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
माछापोखरी छेउमा राखिएको तारमा करेन्ट लागेर गएराति दुई जना युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निरबहादुर रानामगर रहेका छन् ।
स्थानीय चूडामणि शर्मालगायतले भरतपुरको सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीले जनाएको छ ।
दैनिक जसो माछा चोरी हुने थालेपछि पोखरीको डिलमा राखिएको तारमा राती करेन्ट छाड्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकहरुको साथमा जालसमेत भेटिएको छ ।
प्रतिक्रिया