खेलकूद

मेस्सीका लागि म्यानचेस्टर सिटी ५ सय मिलियन युरो तिर्न तयार

हिमालय टिभी
२०७७ भदौ १५ गते ७:५०
मेस्सीका लागि म्यानचेस्टर सिटी ५ सय मिलियन युरो तिर्न तयार

१५ भदौ, २०७७ काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले लियोनल मेस्सीका लागि ५०० मिलियन युरो तिर्ने गरी तयारीसहितको योजना ल्याएको छ ।

३३ वर्षीय मेस्सीलाई अनुबन्ध गर्ने होडमा सबैभन्दा अघि रहेको सिटीले यसका लागि पाँच वर्षे योजना समेत बनाएको हो । सो योजनामा अहिले म्यानचेस्टर सिटीमा आउने मेस्सीले न्यूयोर्क सिटी एफसीबाट समेत खेल्ने कुरा समावेश रहेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेस्सीले सिटीबाट तीन वर्ष खेल्दा वार्षिक ५० मिलियन युरो पारिश्रमिक पाउने छन् । यस्तै सम्झौताको बाँकी दुई वर्ष न्यूयोर्क सिटी एफसी जाँदा २५० मिलियन युरो बोनस पाउने व्यवस्था रहेको बताइएको छ ।

मेस्सीले गत हप्ता बार्सिलोना छोड्ने मनसायसहितको पत्र क्लबलाई बुझाएका थिए । १६ वर्ष बार्सिलोनामा बिताएपछि मेस्सी नयाँ चुनौतिका लागि तयार रहेको बताइएको छ ।

तर अर्कोतर्फ अत्याधिक रिलिज क्लजका कारण उनको बार्सिलोनाबाटको बिदाई सहज नहुने देखिएको छ । उनलाई अनुबन्धित गर्न चाहने क्लबले ७०० मिलियन युरो रिलिज क्लज पूरा गर्नुपर्ने हुन्छ ।

जुन १० सम्ममा मेस्सीले क्लब छोड्न चाहेको जानकारी गराएको भए उनी स्वतन्त्र मूल्यमा अन्य कुनै क्लब अनुबन्धित हुन सक्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्