पाकिस्तानविरुद्धको दोस्रो ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी
१५ भदौं, २०७७ काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ ।
ओल्ड ट्राफोर्डमा १ सय ९६ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि कप्तान इयोन मोर्गनले ६६ रनको अर्धशतकीय इनिग्स खेले ।
त्यस्तै डाविड मालन ५४ रनमा अविजित रहे । बलिङमा पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
उसका लागि मोहम्मद सिराजले ६९ तथा कप्तान बाबर आजमले ५६ रन जोडे । बलिङमा इंग्ल्याण्डका आदिल राशिदले दुई विकेट लिए ।
यससँगै तीन खेलको श्रृंखलामा घरेलु टोली इंग्ल्याण्डले एक-शुन्यको अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।
प्रतिक्रिया