विदेश

भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ७९ हजार संक्रमित

हिमालय टिभी
२०७७ भदौ १५ गते ७:४१
भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ७९ हजार संक्रमित

१५ भदौ, २०७७ काठमाडौं । पछिल्लो समय छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

बितेको २४ घण्टामा त्यहाँ ७९ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिएका छन् । भारतमा एकैदिन कोरोना संक्रमित हुने यो संख्या हालसम्मकै उच्च हो । शनिबार पनि त्यहाँ हालसम्मकै बढी ७८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारतमा गएको बुधबारदेखि नै दैनिक संक्रमित हुनेको संख्या ७५ हजार भन्दा बढी रहेको छ । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३६ लाख नाघेको छ ।

त्यस्तै अमेरिकामा ३३ हजार भन्दा बढी तथा ब्राजिलमा १५ हजार भन्दा बढी संक्रमित थपिए । अमेरिकामा कोरोना संक्रमितको संख्या ६१ लाख नाघ्दा ब्राजिलमा हालसम्म ३८ लाख भन्दा बढी संक्रमित छन् । आइतबार विश्वभर २ लाख २० हजार भन्दा बढीमा संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा विश्वमा ४ हजार भन्दा बढीले संक्रमणका कारण ज्यान गएको छ । भारतमा सबैभन्दा बढी ९ सय ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ सय ९८ तथा अमेरिकामा ३ सय ६९ जनाले ज्यान गुमाए । विश्वभर संक्रमित मध्ये १ करोड ७७ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

आज मेक्सिकोमा ४ हजार बढी संक्रमित थपिंदा ३ सय ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *