आर्थिक

मल अभाव झेलिरहेका बारा र पर्साका किसान धानमा रोग लागेपछि चिन्तामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते ६:०७
मल अभाव झेलिरहेका बारा र पर्साका किसान धानमा रोग लागेपछि चिन्तामा (भिडियोसहित)

१५ भदौ, २०७७ वीरगञ्ज । जसोतसो धान रोपे पनि त्यसपछि आवश्यक युरिया मलको अभाव अहिले देशभरीका किसानले खेपिरहेका छन् । तर बारा र पर्साका किसानको सास्ती भने यतीमै सीमित छैन् । जसोतसो रोपेको धानमा रोग लागेपछि बारा र पर्साका किसान थप मारमा परेका छन् ।

मानो रोपेर मुरी फलाउने भनेर धान रोपेका बारा र पर्साका किसान धानको बोटमा रोग लागेपछि समस्यामा परेका छन् । मल अभावमा वर्षभरी खानुपर्ने धानको बोट नसप्रिरहेको बेला त्यही बोटमै सिथब्लाईत रोग लागेको छ ।

यो रोगले धान सुक्न थालेको छ । यसले लगानी डुब्ने त भयो नै वर्षभरी के खाने भन्ने चिन्ता थपिएको छ । यसको उपचार पनि खोजेका छन । तर निषेधाज्ञाका कारण रोगनासक औषधी त पाइएको छैन् भने पाइहालेपनि दोब्बर मूल्य तिर्नुपरेको छ ।

यो रोग नेपालमा पहिलो पटक सन् १९७८ मा देखा परेको कृषि ज्ञानकेन्द्रको भनाई छ । यो रोग लागेपछि बिरुवा
सुक्दै जाने र फल नदिने हुन्छ ।

सस्तो र सहज हुने भएकाले जिल्लाका किसानले सिमावर्ती भारतीय क्षेत्रबाट धानको बिउ किन्ने गरेका छन् । यसवर्ष पनि नेपालमा नपाइएपछि किसानले सीमा क्षेत्रबाट सोना मनसुली धानको बिउ खरिद गरे । ज्ञानकेन्द्रले बिउबाटै रोग सरेको बताएपछि किसानलाई बिउ पासो बन्यो ।

एकातिर रोप्ने बेला मल अभाव, जसो तसो रोपेपनि रोगको समस्या त्यो पनि बीउकै कारण । किसान जताबाट पनि पिल्सिएकै र ठगिएका छन । सरकारवालाले यो पीडा कहिले बुझ्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *