विदेश

कोरोना संक्रमणका कारण भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

हिमालय टिभी
२०७७ भदौ १५ गते १८:२८
कोरोना संक्रमणका कारण भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ, २०७७, नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणका कारण ८४ वर्षको उमेरमा निधन भएको छ।

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेका मुखर्जीको उपचारकै क्रममा निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका हुन् ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी बनेका मुखर्जीको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो । उनको मस्तिष्कमा रगम जमेपछि शल्यक्रिया गरिएको हो ।

मुखर्जी सन् २०१२ मा भारतको राष्ट्रपति बनेका थिए । उनी सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए । सन् २०१९ मा मुखर्जीलाई भारत रत्नबाट सम्मानित गरिएको थियो ।

मुखर्जीको निधनमा भारतीय राष्ट्रपति रामनाथ गोविन्दलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *