आर्थिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनशक्ति अभाव, समयमै निर्माण सम्पन्न हुनेका आशंका (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते १७:४४
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनशक्ति अभाव, समयमै निर्माण सम्पन्न हुनेका आशंका (भिडियोसहित)

१५ भदौ, २०७७, पोखरा । कोरोना भाइरसको महामारी सुरु हुनुअघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम भइरहेको थियो । सम्झौता अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न गरेर परीक्षण उडान गर्ने लक्ष्यका साथ अयोजनाले कामलाई तिब्रता दिइयो । तर, अहिले माहोल फेरिएको छ । अब तोकिएको समयमा पनि विमानस्थल निर्माण सम्पन्न नहुने अवस्था आएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२१ को जनवरीमा परिक्षण उडान भर्ने लक्ष्य छ। तर ६ महिना लामो कोरोना महामारीले अब निर्धारित समयमा यो आयोजनाको काम सकिने लक्षण छैन ।

विमानस्थलमा काम गर्न चीनबाट आउनुपर्ने कामदार उतै रोकिएका छन् । निर्माण सामग्रीको अभाव नभए पनि मुख्य समस्या प्राविधिक जनशक्ति र अरु कामदारको अभावमा काम प्रभावित भएको छ ।

नेपालमा लामो समयसम्म भएको लकडाउन र अन्तर्राष्ट्रिय जगतमा देखिएको कोरोना संक्रमणका कारण विमानस्थाल निर्माण प्रभावित भएको छ । अहिले सिभिलतर्फको काम अन्तिम चरणमा पुगेको छ । डेकोरेसन र फिनिसिङ, विद्युत वायरिङको काम भइरहेको आयोनजनाले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चिनियाँ प्राविधिक जनशक्ति र निर्माण सामग्री तथा उपकरणको अभाव छ ।

विमानस्थलमा काम गर्न चीनबाट आउनुपर्ने कामदार उतै रोकिएका छन् । निर्माण सामग्रीको अभाव नभए पनि मुख्य समस्या प्राविधिक जनशक्ति र अरु कामदारको अभावमा काम प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय उडान अनिश्चित भएपछि आयोजनाले सहजिकरणका लागि माथिल्लो निकायमा सहजिकरणका लागि आग्रह गरेको छ । स्ट्रक्चर निर्माणका धेरैजसो काम सकिए पनि इक्युपमेन्ट स्ट्रक्चरको काम बाँकी छ । फिनिसिङको काम अहिले भएकै कामदारले गरिरहेको र इक्युपमेन्ट स्ट्रक्चरका लागि चीनबाटै कामदार मगाउनु पर्नेछ ।

पोखरा क्षेत्रीय विमानस्थलमा धेरैजसो सामान मात्र हैन दक्ष जनशक्ति पनि चीनबाटै ल्याउनुपर्ने बाध्यता छ । चीनमा कोरोना भाइरसको संक्रमण देखापरेदेखि नै विमानस्थलको निर्माणमा प्रभाव परेको छ ।

सुरुवातमा केही समय आयोजनाले चिनियाँ कामदार र सिमेन्टको अभाव भोग्यो । साथै चीनबाट आउने सामान भारत हुँदै ल्याउनुपर्नेमा भारतमा पनि लकडाउन भएपछि केही समय सामान त्यतै रोकिँदा विमानस्थलमा त्यसको असर पर्न गयो ।

नेपालमा अहिले पनि सङ्क्रमण बढिरहेको छ । छिमेकी देशमा पनि कोरोनाको प्रभाव छ । यस्तो अवस्थामा ६ महिनाअघि नै आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा नहुने आयोजनाका कर्मचारी बताउछन् ।

आयोनजाले सम्झौता अवधि अर्थात जुलाई २०२१ सम्मको समयमै सकाउने लक्ष्य राखेको छ । विमानस्थल निर्माण कार्य ६३ प्रतिशत सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *