आर्थिक

एउटा बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

हिमालय टिभी
२०७७ भदौ १४ गते १८:४९
एउटा बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने

१४ भदौ, २०७७ काठमाडौं । राष्ट्र बैंकले एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा कुनै पनि शूल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी निर्देशन २०७६ र साउन १५ सम्म जारी परिपत्र र निर्देशनलाई परिमार्जन गर्दै शूल्क नलिन भनेको हो ।

राष्ट्र बैंकको यो निर्देशनपछि अब अर्को सूचना जारी नभएसम्म बैंक तथा वित्तीय संस्थाले अन्तर बैंकिङ एटीएम कारोबारमा शूल्क लिन पाउने छैनन् ।

यसअघि बैंक तथा वित्तीय संस्थाले लकडाउन भरी एटिएम, मोबाइल तथा इन्टरनेट बैंकिङ निशूल्क बनाएका थिए । तर साउन ६ गतेदेखि लकडाउन अन्त्य गरिएपछि सबै सेवा सशूल्क बनाइएको थियो ।

यस्तै कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै ग्राहकलाई सोको सूचना दिन समेत भनिएको छ ।

त्यस्तै एटिएम काउन्टरमा कार्ड अड्किने, पैसा नआउनेजस्ता समस्या तत्काल समाधानका लागि खटाइएका कर्मचारीको नाम र मोबाइल नम्बर प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नसमेत राष्ट्र बैंकको निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *