विदेश

कोरोनाविरुद्धको प्रतिबन्धको विरोधमा जर्मनीमा प्रदर्शन

हिमालय टिभी
२०७७ भदौ १४ गते १३:५७
कोरोनाविरुद्धको प्रतिबन्धको विरोधमा जर्मनीमा प्रदर्शन

१४ भदौ, २०७७, जर्मनी । जर्मनीमा कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले लागू गरेको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ।

राजधानी बर्लिनमा संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका हुन् । सरकारद्वारा जारी मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै प्रदर्शन भएको हो ।

कोरोना संक्रमण नियन्त्रणका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने उनीहरुको माग छ। प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए भने भौतिक दूरीको नियमसमेत पालना भएको थिएन ।

प्रदर्शनमा सहभागी मध्य तीन सय भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जर्मनीमा अप्रिल महिनादेखि सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो । तर पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि थप कडा नियम लागू भएको छ । चान्सलर एञ्जेला मर्केलले सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गर्नुभएको छ ।

जर्मनी मात्रै नभइ बेलायतको लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *