खेलकूद

कोरोना परीक्षणमा सहभागी नहुने मेस्सीको निर्णय

हिमालय टिभी
२०७७ भदौ १४ गते १३:१८
कोरोना परीक्षणमा सहभागी नहुने मेस्सीको निर्णय

१४ भदौं, २०७७ काठमाडौं । बार्सिलोना छोड्नका लागि बाटो खुला गर्न क्लबलाई आग्रह गरिसकेका लियोनल मेस्सीले आज हुने कोरोना परीक्षणमा सहभागी नहुने निर्णय गरेका छन् ।

स्पेनिस शीर्ष डिभिजन ला लिगाको नयाँ सिजन दुई सातापछि सुरु हुँदैछ । नयाँ सिजनका लागि बार्सिलोनाले भोलिदेखि प्रशिक्षण सुरु गर्दैछ ।

स्पेनिस संचारमाध्यमका अनुसार मेस्सीले क्लबलाई कोरानाको पीसीआर परीक्षणमा नजाने बताएका छन् । क्लबलाई पत्र पठाएपछि मेस्सीले आफ्नो बार्सिलोना करियर अन्त्य भएको विश्वासमा छन् ।

अहिले उनी आफूलाई क्लबको सदस्य समेत मानिरहेका छैनन् । तर, बार्सिलोना भने मेस्सी क्लबमै रहने विश्वासमा छ । मेस्सीलाई अनुबन्ध गर्नका लागि अन्य क्लबले सात सय मिलियन युरो तिरे मात्र सम्भव हुने बार्सिलोनाको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्