समाज
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल सिल
२०७७ भदौ १४ गते १३:००
१४ भदौ, २०७७, दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुस्थित राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ।
दुई चिकित्सकसहित ९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अस्पताल अनिश्चितकालका लागि सिल भएको हो।
प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो । लगत्तै अस्पताल विकास समितिको आपतकालिन बैठकले अस्पताल सिलको निर्णय गरेको थियो ।
शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नगरेसम्म अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल भएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनु भएको छ ।
प्रतिक्रिया