खेलकूद
जोकोभिचले जिते वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि
२०७७ भदौ १४ गते ८:४८

१४ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् ।
अमेरिकाको न्यूयोर्कमा सम्पन्न फाइनलमा क्यनाडाका मिलोस रोनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि उचालेका हुन् ।
उपाधि जित्ने क्रममा ३३ वर्षीय सर्बियाका जोकोभिचले ३० औं विरयताका मिलोसमाथि १–६, ६–३ र ६४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि जोकोभिचले त्यसपछि लगातार दुई सेट जितेका थिए ।
उता महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितेकी छिन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।
प्रतिक्रिया