खेलकूद

सीपीएलमा सन्दीप आवद्ध जमैका तालवासको तेस्रो जित

हिमालय टिभी
२०७७ भदौ १४ गते ८:४५
सीपीएलमा सन्दीप आवद्ध जमैका तालवासको तेस्रो जित

१४ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीगमा सन्दीप लामिछाने आवद्ध जमैका तालवाजले तेस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले हराएको हो । १ सय ४८ रनको लक्ष्यसहित मैदान ओर्लेको सेन्ट किट्स १९ दशमलव ४ ओभरमा १ सय १० रनमा अलआउट भयो ।

उसका लागि काइरन पावेल र इभिन लुइसले समान २१(२१ रन बनाए । बलिङमा जमैकाका कार्लोस ब्राटवेटले तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, फिडेल इडवार्डस र भिरासाम्मी परमउले समान दुई(दुई विकेट हात पारे । सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए ।

यसअघि क्विन्स पार्क ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको जमैकाले निर्धारित बीस ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

उसका लागि ग्लेन फिलिप्सले ७९ रन जोडे । बलिङमा सेन्ट किट्सका रायद इम्रिटले तीन विकेट लिए । ६ खेलमा जमैकाले तीन खेल जित्दा तीन खेल हारेको छ । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्