विदेश

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १४ गते ८:४३
भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

१४ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक भारतमा हालसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा त्यहाँ ७८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । भारतमा एकैदिन कोरोना संक्रमित हुने यो संख्या हालसम्मकै उच्च हो । यसअघि त्यहाँ बिहिवार ७६ हजार ८ सय २६ जना संक्रमित थपिएका थिए ।

त्यहाँ गएको बुधबारदेखि नै दैनिक संक्रमित हुनेको संख्या ७५ हजार भन्दा बढी रहेको छ । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ ।

त्यस्तै अमेरिकामा ४२ हजार भन्दा बढी तथा ब्राजिलमा ३४ हजार भन्दा बढी संक्रमित थपिए । शनिबार विश्वभर २ लाख ५६ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढीले संक्रमणका कारण ज्यान गएको छ । अमेरिकामा सबैभन्दा बढी ९ सय ५४ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि भारतमा ९ सय ४४ तथा ब्राजिलमा ९ सय ४ जनाले ज्यान गुमाए । त्यस्तै विश्वभर संक्रमित मध्ये १ करोड ७४ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

उता मेक्सिकोमा आज ५ हजार भन्दा बढीमा कोरोना संक्रमण हुँदा ६ सय ७३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *