खेलकूद

आर्थिक संकटमा क्रिकेट एकेडेमी, सहयोगका लागि सरकारसँग हारगुहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १४ गते ६:०१
आर्थिक संकटमा क्रिकेट एकेडेमी, सहयोगका लागि सरकारसँग हारगुहार (भिडियोसहित)

१४ भदौ, २०७७ काठमाडौं । सन् २०१४ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा सहभागिता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवा पिँढीमा क्रिकेटको मोह बढ्यो । अभिभावकले बालबालिकालाई क्रिकेट एकेडेमीमा लगे ।

सञ्चालनमा रहेका एकेडेमीलाई सिकाउन भ्याइ नभ्याइ भयो । बढ्दो क्रेज र भविष्य देखेर क्रिकेट एकेडेमीमा लगानी बढ्यो र धेरै एकेडेमी खुले । तर अहिले एकेडेमी ठप्प छन् । आर्थिक संकटका कारण एकेडेमी संचालन सरकारसँग गुहार मागिरहेका छन् ।

कुनै समय अभिावकहरुलाई खेलमा लागे सन्तान विग्रिन्छन् भन्ने मान्यता थियो । तर सन् २०१४ मा नेपालले ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेपछि क्रिकेट खेलाडीको लोकप्रियता बढ्यो । यसले अभिभावकको पूरानो सोचमा परिवर्तन ल्यायो ।

अभिभावकले खेलमा रुची देखाउने सन्तानको इच्छलाई स्विकार्न थाले । क्रिकेट सिक्ने अनुमति अभिभवकाबाट धेरै सन्तानले पाए । जसले गर्दा राजधानी काठमाडौ र काठमाडौ बाहिर विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको संख्या बढ्न थाल्यो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली क्रिकेटसँग जोडिने ती क्रिकेट एकेडेमी अहिले भने कोरोनासँग जुधिरहेका छन् ।

धेरै एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन् । सामान्य अवस्थाको पर्खाइमा छन् । लकडाउन पछि सहज भएको अवस्थामा एकेडेमी सञचालन भए पनि निशेधज्ञाले एकेडेमी फेरि बन्द छन् । त्यसैले एकेडेमीले खेलाडीलाई अनलाइनबाटै पनि क्रिकेट सिकाइरहेका छन् ।

क्रिकेट खेलाडी उत्पादनमा एकेडेमीको महत्वपूर्ण भूमिका रह्यो । एकेडेमीबाट सिकेको सीपलाई खेलाडीले अन्तर्राष्ट्रिय मैदान र घरेलु मैदानमा उतारेका पनि छन् । तर कोरोना कहरका कारण पछिल्लो ६ महिनामा उनीहरु मैदान उत्रिन पाएका छैनन् । त्यसैले खेलाडीहरु अहिले सामान्य अवस्थाको पर्खाइमा छन् ।

कोरानाका कारण देशमा मात्र हैन विदेशमा पनि सबै क्षेत्र प्रभावित छन् । यो असरबाट क्रिकेट एकेडेमी प्रभावित नहुने कुरै भएन । त्यसैले ठूलो लगानी गरेर एकेडेमी खोलेका सञ्चालक नेपाल क्रिकेट संघ क्यान र सरकारबाट सहयोगको अपेक्षामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्