विदेश

कोरोनाविरुद्धको दोस्रो खोपको नतिजा राम्रोः राष्ट्रपति पुटिन

हिमालय टिभी
२०७७ भदौ १३ गते १८:४२
कोरोनाविरुद्धको दोस्रो खोपको नतिजा राम्रोः राष्ट्रपति पुटिन

१३ भदौ, २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाइरसविरुद्धको दोस्रो खोपको नतिजा समेत राम्रो भएको बताएका छन् ।

राष्ट्रपति पुटिनले दोस्रो खोप इपि भ्याक परीक्षणको क्रममा रहेको र यसको परिणाम समेत राम्रो देखिएको बताएका हुन् । यस्तै उनले दोस्रो खोपको प्रतिस्पर्धा पहिलो खोप स्पुटिनिक फाइभसँग नै रहेको बताए ।

कोरोनाविरुद्धको खोप उत्पादनका लागि रुसले विश्वलाई बाटो देखाइरहेको उनको भनाइ छ । दोस्रो खोप आगामी डिसेम्बर महिनामा आउने बताइएको छ । यसलाई वेक्टर स्टेट रिसर्च सेन्टर अफ वायरोलोजी और बायोटेक्नोलोजी ने उत्पादन गरिरहेको छ ।

यसअघि रुसले तेस्रो चरणको परिक्षण बिना नै पहिलो खोप स्पुटिनिक फाइभलाई सफल भएको घोषणा गरेको थियो । यद्यपी यसलाई विश्व स्वास्थ्य संगठन लगायत विश्वका अन्य राष्ट्रले मान्यता दिएका छैनन् ।

पहिलो खोपलाई गमलेया नेशनल रिसर्च सेन्टर फरु एपिडेमिलोजी एन्ड माइक्रोबायोलोजी कम्पनीले उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *