विदेश

पाकिस्तानमा सेप्टेम्बर १५ सम्म सबै शैक्षिक संस्था खुल्ने

हिमालय टिभी
२०७७ भदौ १३ गते १८:३८
पाकिस्तानमा सेप्टेम्बर १५ सम्म सबै शैक्षिक संस्था खुल्ने

१३ भदौ, २०७७, पाकिस्तान । पाकिस्तानमा आगामी सेप्टेम्बर १५ सम्ममा सबै शैक्षिक संस्था खुल्ने भएका छन् ।

कोरोना महामारीकाबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेप्टेम्बर १५ सम्ममा सबै शैक्षिक संस्था खोल्ने भन्दै त्यसको तयारी थाल्न निर्देशन दिएका हुन् ।

पाकिस्तानमा हाल कोरोना संक्रमण घट्दै गएको छ । संक्रमण नियन्त्रण उन्मुख भएपछि पाकिस्तानले यसै महिनाको सुरुवातमा होटल रेष्टुरेन्ट तथा घरेलु उडान पनि शुरु गरिसकेको छ ।

संक्रमितको संख्या र मृत्युमा सुरुमा भारतभन्दा अगाडि रहेको पाकिस्तानले अहिले त्यसलाई चमत्कारिक रुपमा नियन्त्रण गरेको छ । पछिल्लो पटक त्यहाँ दैनिक ५ सय हाराहारीमा मात्रै नयाँ संक्रमित भेटिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *