आर्थिक

लकडाउनको सदुपयोग : शिक्षकले मिलेर शुरु गरे कृषि कर्म (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १४:४८
लकडाउनको सदुपयोग : शिक्षकले मिलेर शुरु गरे कृषि कर्म (भिडियोसहित)

१३ भदौ, २०७७ स्याङ्जा । लकडाउनको समयमा विद्यालय बन्द भएपछि स्याङ्जाको एक विद्यालयका शिक्षक कृषि कर्ममा लागेका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ११ मा रहेको श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकले लकडाउनको समय सदुपयोगका लागि जग्गा भाडामा लिएर खेति शुरु गरेका हुन् ।

लकडाउनका कारण विद्यालय बन्द भएपछि खाली भएका स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ स्थित बज्रेभञ्ज्याङ माविका शिक्षकले समय सदुपयोग र आम्दानीका लागि नयाँ उपाए निकाले ।

उनीहरुले विद्यालय नजिकै २५ रोपनी जग्गा भाडामा लिएर शुरु गरे खेति किसानी । उनीहरुले यो जग्गामा अदुवा खेती गरिरहेका छन् ।

खेतीबाट भएको आम्दानीको केही हिस्सा विद्यालयको स्तरोन्नती तथा भौतिक निर्माणमा खर्च गर्ने शिक्षकको तयारी छ ।

यसअघि विद्यालयले कृषि क्षेत्रमा पनि विद्यार्थीलाई सहभागी गराउन गोलभेडा खेती गरेको थियो । अहिले त्यो ठाउँमा खुर्सानी लगाइएको छ । प्रत्येक कक्षाका विद्यार्थीलाई क्षेत्र छुट्याएर कृषि उत्पादनमा समेत प्रतिस्पर्धा गराइएको छ ।

विद्यालयले भाडामा लिएको जग्गामा अहिलेसम्म तरकारी र मकै उत्पादन भैसकेको छ । अदुवा उत्पादन हुने क्रममा छ । विद्यालयका शिक्षकहरु मिलेर गरिरहेको कामलाई स्थानीय अभिभावकहरुले पनि साथ दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *