समाज
रुपन्देही जिल्ला अदालत भदौ १५ गतेसम्मका लागि बन्द
२०७७ भदौ १३ गते १३:२१

१३ भदौ, बुटवल । रुपन्देही जिल्ला अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
अदालतमा अभियोग पत्रसाथ थुनछेक प्रयोजनार्थ पेश गरिएको थुनुवाहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अदालत परिसर निर्मलीकरण गर्नुपर्ने भएकाले सम्पूर्ण सेवाहरु स्थगित गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलबाट अदालतमा पेश गरिएका चार जना थुनुवामा बुधबार संक्रमण पुष्टि भएको थियो ।
सूचना अधिकारी अधिकारीका अनुसार अदालत परिसर निर्मलीकरण गर्नका लागि भदौ १५ गतेसम्म सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।
प्रतिक्रिया