खेलकूद
वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधिका लागि जोकोभिच र रोनिक भिड्ने
२०७७ भदौ १३ गते ८:२०

१३ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र मिलोस रोनिकबीच प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो सेमिफाइनलमा स्पेनका रोबर्टो बउटिस्टालाई पराजित गर्दै जोकोभिचले रोनिकसँगको उपाधि भिडन्त पक्का पारेका हुन् । सर्भियन खेलाडी जोकोभिचले आठौं बरियताका बउटिस्टामाथि ४-६, ६-४ र ७-६ को जित निकाले ।
क्यानेडियन रोनिकले ग्रीसका स्टेफानोस टिस्कीफासलाई ७-६ र ६-३ ले हराउँदै सेमिफाइनल पुगेका थिए ।
उता महिला एकलतर्फ जापानकी नाओमी ओसाका फाइनलमा प्रवेश गरेकी छिन् । पहिको सेमिफाइनलमा चौंथो वरियताकी ओसाकाले बेल्जियमकी एलिस मेर्टेन्सलाई ६-२ र ७-६ को सोझो हराइन् ।
अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।
प्रतिक्रिया