विदेश

भारतमा एकैदिन ७६ हजार बढी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ भदौ १३ गते ८:१५
भारतमा एकैदिन ७६ हजार बढी कोरोना संक्रमित

१३ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक भारतमा ७६ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा छिमेकी देश भारतमा पुनस् एकैदिन विश्वमै सबैभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो । त्यहाँ ७६ हजार भन्दा बढीमा संक्रमण देखिएको हो ।

यसअघि भारतमा बुधबार पनि ७६ हजार भन्दा बढीमा संक्रमण भएको थियो । संक्रमितका आधारमा तेस्रो स्थानको भारतमा कोरोना संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । भारतपछि अमेरिकामा ४९ हजार र ब्राजिलमा ४८ हजार बढीमा संक्रमण भएको छ ।

अमेरिकामा हालसम्म ६० लाख भन्दा बढीमा संक्रमण हुँदा ब्राजिमा संक्रमित हुनेको संख्या ३८ लाख भन्दा बढी पुगेको छ । शुक्रबार विश्वभर २ लाख ८४ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए ।

यस्तै गएको २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढीले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । अमेरिकामा १ हजार १ सय ७७, भारतमा १ हजार १९ तथा ब्राजिलमा ८ सय ६८ जनाको मृत्यु भएको छ ।

आज मेक्सिकोमा ५ हजार भन्दा बढीमा संक्रमण हुँदा ५ सय ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *