विदेश

बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण कमः अध्ययन

हिमालय टिभी
२०७७ भदौ १२ गते १८:३६
बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण कमः अध्ययन

१२ भदौ, २०७७, लण्डन । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण कम रहेको देखाएको छ ।

भाइरसको कारण बालबालिकाको मृत्युदर पनि निकै कम रहेको आज सार्वजनिक अध्ययनले देखाएको हो ।

कोभिड–१९ का कारण बेलायतका १ सय ३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा यो अध्ययन गरिएको थियो । अध्ययनका अनुसार अस्पतालमा भर्ना गरिएका बालबालिकामध्ये ६ जना अर्थात एक प्रतिशतको मात्रै मृत्यु भएको थियो ।

मृत्यु भएका बालबालिकामा पनि पहिला नै अन्य स्वास्थ्य समस्या पनि रहेको अध्ययनमा पाइएको छ । अध्ययनको नेतृत्व गरिरहेका युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक डाक्टर म्याकलम सेम्प्ले बालबालिकालाई कोभिड–१९ ले ठूलो नोक्सानी नपुर्‍याएको प्रतिक्रिया दिएका छन् ।

उनले यो अध्ययनबाट बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ रहेको स्पष्ट भएको उनले दावी गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी तथ्यांकमा पनि संक्रमित बालबालिकाको संख्या कम छ ।

अहिलेसम्म विश्वभर केवल एकदेखि दुई प्रतिशतसम्म मात्र बालबालिका वा किशोर–किशोरी प्रभावित भएको पाइएको छ । संक्रमित अधिकांशमा कुनै पनि लक्षण देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *