कला/मनोरञ्जन

नेकपा उपाध्यक्ष बामदेव गौतमको म्युजिक भिडियो सार्वजनिक

हिमालय टिभी
२०७७ भदौ १२ गते १८:०३
नेकपा उपाध्यक्ष बामदेव गौतमको म्युजिक भिडियो सार्वजनिक

१२ भदौ, २०७७ काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा गौतमले अभिनय गर्नुभएको छ । । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ ।

गौतम म्युजिक भिडियोमा देखिएको यो पहिलो पटक हो । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिनुभएको छ ।

गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङको स्वर छ । गौतमले रचना गरेका ४३ वटा गीतलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी रचनारु संग्रहित छन् ।

प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ । गौतमले पहिले पनि गीत लेख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *