समाज

सुदूरपश्चिम प्रदेशमा समुदायमै कोरोना विस्तार, सरकारबीच समन्वय नहुँदा समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १२ गते १७:५२
सुदूरपश्चिम प्रदेशमा समुदायमै कोरोना विस्तार, सरकारबीच समन्वय नहुँदा समस्या (भिडियोसहित)

१२ भदौ, २०७७, धनगढी । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । खासगरी प्रदेशको अस्थायी मुकाम धनगढीमा समुदायमा संक्रमण देखिन थालेको छ ।

तीन तहका सरकारबीच समन्वय नहुँदा कोरोना रोकथाममा समस्या भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्रै ४५ जना बिना ट्राभल हिस्ट्रीका ब्यक्तिमा कोरोना संक्रमण देखियो । यीमध्ये कहीँ कतै नगएका १२ स्वास्थ्यकर्मी, पाँच सुरक्षाकर्मी, चार शिक्षक र चार जना व्यापारी हुन् ।

दुई जना सवारी चालक, दुई जना निर्माण कम्पनीका कर्मचारी, एक जना एमआर र दुई जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ। चार जना व्यापारीका परिवारका सदस्य र संक्रमित शिक्षिकाका परिवारका सदस्य पनि संक्रमित छन ।

अरु दुई जना सर्वसाधारण नागरिक हुन्। धनगढीमा झण्डै २१ प्रतिशत स्थानीयमा संक्रमण देखिएको उप महानगरपालिकाले जनाएको छ । यही गतिले संक्रमण बढे अवस्था भयावह हुने देखिएको छ ।

समुदायमा कोरोना संक्रमण बढ्दै गएपनि कन्ट्याक्ट ट्रेसिङ निकै कम छ । मृत्यु भइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आइरहेका छन् । यसले गर्दा संक्रमण दर निकै बढ्ने नागरिकको पनि अनुमान छ । तीन तहको सरकार बिचनै समन्वय नहुँदा संक्रमण रोक्न समस्या भएको स्थानीय बासिन्दाको बुझाई छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा पहिले भन्दाअधिकांशमा कोरोना संक्रमण देखिरहे पनि यसलाई बढाइएको छैन । समुदायमा कोरोना संक्रमण बढेसंगै स्थानीय तहमार्फत कन्ट्याक्ट ट्रेसिङ गरिरहेको स्वास्थ्य कार्यालय कैलालीको दाबी छ ।

एकातिर समुदायमा कोरोना संक्रमण बढिरहेको छ, अर्कोतर्फ नागरिकसमेत सचेत छैनन् । सरकारले समेत कोरोना नियन्त्रणलाई गम्भिर रुपमा नलिँदा अवस्था चिन्ताजनक हुँदै जाने अवस्था देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *