विदेश

स्वास्थ्य समस्या देखिएपछि जापानी प्रधानमन्त्री आबेले राजीनामा दिने

हिमालय टिभी
२०७७ भदौ १२ गते १४:२२
स्वास्थ्य समस्या देखिएपछि जापानी प्रधानमन्त्री आबेले राजीनामा दिने

१२ भदौ, २०७७, टोक्यो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिने भएका छन् ।

प्रधानमन्त्री आवेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गरी राजिनामा दिने तयारी गरेका छन् ।

आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर आवेले राजीनामा दिने तयारी गरेका हुन् । पछिल्लो समय आवे लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *