धरानमा उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

हिमालय टिभी
२०७७ भदौ १२ गते ८:२३
धरानमा उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

१२ भदौ, २०७७ काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उनको गएराती मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।

खोकी, श्वास फेर्न गाह्रो तथा ज्वरो आएपछि परिवारले भदौ ६ गते बीपीमा भर्ना गरेका थिए । बीपीको मेडिकल वार्डमा भर्ना गरेर स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार कोभिड–१९ अस्पतालको आईसीयूमा दुई दिनदेखि उपचारत पुरुषमा उच्च रक्तचापसँगै २० वर्षअगाडि टीबी रोगको औषधि सेवन गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *