विदेश

भारतमा एकैदिन ७७ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १२ गते ८:१७
भारतमा एकैदिन ७७ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि

१२ भदौ, २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको छ । एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी झण्डै ७७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण शुरु भएयता एकै दिन सबैभन्दा बढी ७६ हजार ८ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । विश्वमै सबैभन्दा बढी संक्रमण दर रहेको भारतमा यो सँगै संक्रमितको संख्या ३३ लाख ८४ हजार नाघेको छ ।

मृत्युदर पनि बढीरहेको भारतमा पछिल्लो २४ घण्टामा थप एक हजार ६५ जनाको मृत्यु भएको छ ।

उता अमेरिकामा पनि संक्रमण दर केही बढेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार सात सय संक्रमित थपिएका छन् भने भने एक हजार एक सय २५ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा संक्रमितको संख्या ६० लाख ४६ हजार पुगेको छ । हालसम्म मृतकको संख्या एक लाख ८४ हजार ७ सय नाघेको छ ।

उता ब्राजिलमा भने संक्रमण दर केही घछेको छ । थप ४२ हजार चार सय ८९ जना संक्रमित थपिएका छन् भने थप नौ सय ७० जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा संक्रमितको संख्या ३७ लाख ७६ हजार पुगेको छ भने मृतकको संख्या एक लाख १८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६३ हजार संक्रमित थपिएका छन् । विश्वमा एकै दिन ५ हजार ८ सय भन्दा बढी मानिसको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *