खेलकूद
रोनाल्डोलाई युईएफए गोल अफ दि सिजन अवार्ड
२०७७ भदौ १२ गते ८:११

१२ भदौ, २०७७ काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड जितेका छन् ।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए ।
उक्त खेलमा युभेन्ट्सले २ १ ले जितेको थियो । तर, पहिलो लेगमा १ ० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । सर्वाधिक मतका आधारमा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् ।
प्रतिक्रिया