खेलकूद
सीपीएलमा सन्दीप आवद्ध टिम जमैका तालबासको तेस्रो हार
२०७७ भदौ ११ गते ८:०४
११ भदौ, २०७७ काठमाडौं । क्यारेवियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तालवासले तेस्रो हार व्यहोरेको छ ।
तालवासलाई बार्बाडोस ट्रिनिडाडले ३६ रनले पराजित गरेको हो । ट्रिनिडाडविरुद्ध १४९ रनको लक्ष्य पच्छ्याएको तालवासले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा एक सय १२ रन मात्र बनाउन सक्यो ।
पाँच खेलमा तीन खेल हारेको सन्दीप आवद्ध टिम पाचौं स्थानमा धकेलिएको छ । समान खेल खेलेको ट्रिनिडाड पनि तीन खेल हारेको छ । तर रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ ।
केहीबेरअघि सकिएको खेलमा ४ ओभर बलिङ गर्दा सन्दीपले १६ रन खर्चिएर २ बिकेट लिएका छन् । जारी सिजनमा उनको यो साँतौं विकेट हो ।
लामिछानेले आजको स्पेलमा १३ बल डट राखे भने एउटा चौका खाएका थिए । सन्दीपले राशिद खान र एस्ले नर्सलाई आउट गरेका हुन् ।
प्रतिक्रिया