विदेश

भारतमा संक्रमण बढ्दो, एकैदिन ७६ हजारमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ भदौ ११ गते ८:०१
भारतमा संक्रमण बढ्दो, एकैदिन ७६ हजारमा कोरोना संक्रमण

११ भदौ, २०७७ काठमाडौं । भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी झण्डै ७६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरस संक्रमण शुरु भएयता एकै दिन सबैभन्दा बढी ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार नाघेको छ ।

मृत्युदर पनि बढीरहेको भारतमा पछिल्लो २४ घण्टामा थप एक हजार १७ जनाको मृत्यु भएको छ ।

उता अमेरिकामा पनि संक्रमण दर केही बढेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार पाँच सय संक्रमित थपिएका छन् भने भने एक हजार दुई सय ४३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ । मृतकको संख्या एक लाख ८३ हजार नाघेको छ ।

यस्तै ब्राजिलमा थप ४७ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् भने थप एक हजार ९० जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा संक्रमितको संख्या ३७ लाख २२ हजार पुगेको छ भने मृतकको संख्या एक लाख १७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । विश्वमा एकै दिन ६ हजार भन्दा बढी मानिसको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *