आफू बार्सिलोनाबाट बाहिरिन चाहेको मेस्सीको प्रष्टिकरण
१० भदौ, २०७७ काठमाडौं । अर्जेन्टिनी फूटबलर लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।
३३ वर्षका मेस्सीले क्लब छोड्न वातावरण मिलाइदिन क्लबलाई आग्रह गरेका हुन । उनले फ्याक्समार्फत तत्काल अन्यत्र जान दिने प्रावधानको प्रयोग गरिदिन आग्रह गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उता बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ। तर उनी रिलिज क्लजका कारण सन् २०२१ सम्म क्लबसँग आबद्ब छन् ।
मेस्सी क्लबबाट बाहिरिन बार्सिलोनाले सात सय मिलियन युरो रिलिज क्लज राखेको छ ।
त्यस्तै उनी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलाबाट खेल्न अनिच्छुक देखिएको समेत बताइएको छ ।
उनलाई अनुबन्धका लागि इन्टर मिलान, म्यानचेस्टर सिटी र पिएसजी इच्छुक देखिएका छन् । मेस्सी २००४ मा क्लब आए यता बार्सिलोनाले चारपटक च्याम्पियन्स लीगको उपाधि जितेको छ ।
प्रतिक्रिया