विदेश

बेलायतमा नागरिक अस्पतालबाटै कोरोना संक्रमित

हिमालय टिभी
२०७७ भदौ १० गते १३:१३
बेलायतमा नागरिक अस्पतालबाटै कोरोना संक्रमित

१० भदौ, २०७७, लण्डन । बेलायतमा हजारौं नागरिक अस्पतालबाटै कोरोना भाइरस संक्रमित भएको हुनसक्ने देखिएको छ।

वैज्ञानिकहरूले गरेको एक अध्ययनमा बेलायतमा हजारौं मानिस अस्पतालबाटै संक्रमित भएका हुनसक्ने देखिएको हो।

किंग्स कलेज लण्डनले बेलायतका १० अस्पताल तथा इटलीको एक अस्पतालमा गरेको अध्ययनले त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक जना बिरामीमा अस्पतालमै संक्रमण भएको पाइएको छ।

अनुसन्धानकर्ताले यस अनुपातलाई तुलनात्मक रूपमा कम नै भएको बताए। यसका साथै यसले अस्पतालमा संक्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाइएको देखाएको छ ।

अनुसन्धानमा अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिन पश्चात् संक्रमित भएकाहरूलाई मात्र संक्रमित भएको मानिएको छ।

यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा संक्रमितलाई पनि गणना गरिने हो भने यो अनुपात २३ प्रतिशत हुन्छ ।

अर्कोतर्फ संक्रमण पश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखा पर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै संक्रमित भनेर यकिन गर्न गाह्रो भएको अनुसन्धानकर्ताको भनाइ छ। साथै अध्ययनमा छोटो समयको अस्पताल बसाइमा संक्रमित भएकाहरू समेटिएका समावेश छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *