समाज
चितवनबाट भागेका कोरोना संक्रमित युवा नुवाकोटबाट पक्राउ
२०७७ भदौ १० गते १२:५२
१० भदौ, २०७७ काठमाडौं । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित युवा नुवाकोट र धादिङको सीमा क्षेत्रबाट पक्राउ परेका छन् ।
उनलाई आज नुवाकोट बेलकोटगढी–५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
उनी साइकलमा नुवाकोटतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
चोरीको आरोपमा पक्राउ परेका ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी हिजो बिहान चितवनबाट भागेका थिए ।
प्रतिक्रिया