बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
२०७७ भदौ १० गते ८:१२

१० भदौ, २०७७ काठमाडौं । कोरोना भाइरसका कारण बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज १ निबासी ३७ बर्षका पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराती मृत्यु भएको हो । मृतकको दुबै फोक्सोमा निमोनिया भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । भदौ ८ गते छातीमा समस्या भइ अस्पताल भर्ना भएका उनीलाई कोरोना संकर्मणको आशंकामा पिसिआर परिक्षण गरिएकोमा ९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको भेन्टिलेटरमा उपचारको क्रममा गएराती साढे १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया