समाज

विराटनगरको नोबेल मेडिकल कलेजका नर्सहरुले दिए सामूहिक राजीनामा

हिमालय टिभी
२०७७ भदौ १० गते ८:१०
विराटनगरको नोबेल मेडिकल कलेजका नर्सहरुले दिए सामूहिक राजीनामा

१० भदौ, २०७७ काठमाडौ. । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको ७ बुँदे माग नोबेल मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले व्यहोर्नुपर्ने उनीहरुले माग गरेका थिए ।

यदि संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी पाँचदिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा पुनः काममा लगाइनुपर्ने, इमर्जेन्सीको रेडजोनलाई कोभिड आइसोलेसन समान नर्सिङ्ग स्टाफहरुले व्यवस्थापन साथै तलब, सुरक्षा र ७ दिन अस्पताल क्वारिन्टन त्यसपछि सात दिन होम आइसोलेसनको व्यवस्थापन हुनुपर्ने लगायतका माग राखेका थिए ।

अस्पतालले आफूहरुको सुरक्षाको विषयमा चासो नदिएको र न्यूनतम सुरक्षा सामाग्रीको प्रयोग गरी सामुदाय स्तरमा संक्रमण फैलिरहेको अवस्थामा सेवा दिन परेको उनीहरुको गुनासो छ । माग सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिएको नर्सहरुले बताएका छन्को ।

राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासन जिम्मेवार हुनुपर्ने उनीहरूले राखेको राजीनामा पत्रमा उल्लेख छ । हालसम्म नोबेल अस्पतालका कार्यरत एक दर्जन नर्स कारोना संक्रमित भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *