समाज

कैलालीका पहिरो पीडितलाई हातमुख जोड्नै समस्या, बर्खामा त्रिपालमा बास (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १० गते ६:०८
कैलालीका पहिरो पीडितलाई हातमुख जोड्नै समस्या, बर्खामा त्रिपालमा बास (भिडियोसहित)

१० भदौ, २०७७ धनगढी । कैलालीको चुरे गाउँपालिकामा तीन साताअघि पहिरोका कारण विस्थापित नागरिक अझै घर जान पाएका छैनन । चुरे गाउँपालिका ५ पटेनी र गुँडी गाउँका करिब ४० घर परिवार खानिडाँडा बजार नजिकै राजमार्ग छेउमा त्रिपालमा बसेका छन् । घर खेत बगाएपछि त्यहाँ धेरैको बिचल्ली भएको छ ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा पहिरोले गर्दा ४० घर बिस्थापित भएका छन् । केही घर पहिरोले बगाइसकेको छ । केही घर उच्च जोखिममा परेपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय कैलालीले सडक छेउमा त्रिपालमुनि राखेको छ । तर दिन बित्दै जाँदा उनीहरुको अवस्था दयनीय बन्दै गएको छ । कतिपयलाई झन छाक टार्नै मुस्किल भएको छ ।

सडकमा बास बसिरहेका पहिरो पिडित कोही मकै पोलेर खाइरहेका छन त, कोही नजिकको पसलबाट उधारो लिएर छाक टारिरहेका छन् । बस्ती पुरै जाने गरी पहिरो आएपछि अब त्यो ठाउँमा फर्किन समेत कुनै ठाउँ छैन । ज्यालादारीमा काम गरी ज्यान पाल्नेलाई कोरोनाका कारण सिर्जित निषेधाज्ञाले अर्को समस्या पारेको छ ।

स्थानीय जनप्रतिनिधिबाट २ महिनापछि केही राहत उपलब्ध हुने आश्वासन पाएका पहिरो पिडित त्यतिञ्जेल सडकमै बिताउने सोचमा छन् । अब बस्ती सारिदिन सरकारसँग उनीहरुको माग छ ।

पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने स्थानयले लामो समय देखि माग राख्दै आएका छन् । त्यसैले पालबाट केही राहत पुगे पनि दीर्घकालिन समाधान नहुने हुँदा बस्ती सारेर दीर्घकालिन समाधान खोज्नुपर्नेमा सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *